सदस्यहरुलाई समय अनुसार सुचना प्रविधिको माध्यमबाट संस्थामा पहुँच पुर्याउने ।
संस्थालाई अर्थतन्त्रको एउटा सवल स्तम्भको रुपमा स्थापित गर्न उत्पादन तथा सेवामूलक वित्तीय सुविधा उपलब्ध गराइने छ ।
संस्थामा आवद्ध विपन्न महिला, सीमान्तकृत, गरिब समुदाय, अपाङ्ग, भूमिहीन तथा पिछडिएको समुदाय र श्रमिकहरुलाई स्वरोजगारमूलक उद्योग तथा व्यवसाय स्थापना गर्न आवश्यक पर्ने व्यवसायिक तथा सीपमूलक तालिमहरु प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
सहकारी प्रबद्र्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउने नीतिहरुलाई कार्यान्वयनमा ल्याउन देहायका रणनीति तथा कार्यनीतिहरु अवलम्बन गरिने छ ।
सहकारीको निर्दिष्ट मूल्य र सिद्धान्तहरुको अभ्यास गर्दै प्रभावकारी व्यवस्थापन विधिको अवलम्बन तथा नियमन मार्फत सुशासन कायम गर्ने सम्बन्धमा अंगीकार गरिने नीतिहरुलाई कार्यन्वयनमा ल्याउन देहायका रणनीति तथा कार्यनीतिहरु अवलम्बन गरिने छ ।
संस्थाको विकास, विस्तार र प्रवद्र्धनमा साझेदारहरुको सहभागिता एवं सहयोग लाई समन्वयात्मक ढंगले परिचालन गरिने छ ।
संस्था प्रभावकारी ढंगले परिचालन गर्न अल्पकालिन र दिर्घकालिन योजना निर्माण संस्थाको विकास, विस्तार र प्रबद्र्धन गरिने छ ।