सहकारीको मूल्य र सिद्धान्तहरुलाई अनुसरण गर्न गराउन सबै शेयर सदस्यहरुलाई अभिप्रेरित गरिने छ।
सहकारी शिक्षा, तालिम र सूचनालाई व्यापक र प्रभावकारी बनाउन सम्बन्धित सदस्यहरुलाई प्रभावकारी ढंगले परिचालन गरिने छ ।
सदस्यहरुको चेतना अभिवृद्धि गर्न र व्यवस्थापन क्षमता बढाउन सहकारी शिक्षा र तालिमलाई अनिवार्य गरिदै लगिने छ ।
संस्थाका सदस्यहरुलाई संस्थाको माध्यमबाट एकजुट गराई उद्योग व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने खालका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
आर्थिक विकासका सम्भावित क्षेत्रहरुमा सहकारी उद्योग व्यवसायको विस्तार एवं विविधिकरणलाई प्रोत्साहन गरिने छ ।
रोजगारी सिर्जना, उत्पादनमा बृद्धि, स्थानीय सम्भाव्यताको उपयोग, सेवा प्रवाहमा गुणस्तरीयता एवं उत्पादनको मूल्य अभिबृद्धिमा योगदान पु¥याउने सहकारी उद्योगहरुको स्थापना र क्षमता अभिबृद्धिको कार्यमा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
सहकारी उद्योग व्यवसायहरुको समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उपयोगमा विशेष जोड दिइने छ ।
संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरुको गुणस्तर र क्षमता अभिवृद्धिमा विशेष जोड दिइने छ।
संस्थाको व्यवस्थापनलाई विधि र प्रक्रियामा आधारित बनाई सहभागिता, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा सूनिश्चित गर्ने व्यवस्था मिलाइने छ ।